ट्रेण्डिङ

होमपेज / समाज

कोशी प्रदेश प्रमुख खापुङ्गद्वारा दुई अध्यादेश जारी

नेपालगाथा २०८० जेठ ३२ गते बिहीबार १३:५७:५५ मा प्रकाशित

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेका छन् ।

नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २ वटा अध्यादेश जारी गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

दुई अध्यादेश जारी भएसँगै कोशी सरकारलाई बजेट ल्याउन बाटो खुलेको छ । कोशी प्रदेश सरकारले हिजो नीति तथा कार्यक्रम सम्सदमा प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै बुधबार रातिबाट संसद अन्त्य भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top