ट्रेण्डिङ

होमपेज / समाज

नेपाल वन सेवामा जागिर खुल्याे

असार १९ सम्म दरखास्त दिन सकिने

नेपालगाथा २०८० जेठ ३१ गते बुधबार १७:२५:१८ मा प्रकाशित

काठमाडौँ । लोक सेवा आयोगले नेपाल वन सेवाको श्रेणीविहीन पदहरूका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । 

स्थायी पदपूर्तिका लागि खुला र समावेशी प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त माग गरेको सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुकले अनलाइन माध्यमबाट असार १९ गतेसम्म दरखास्त दिन सक्नेछन् । असार २६ सम्म दाेब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने पनि सूचनामा उल्लेख छ ।

यसैगरी, प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु दुई सय बुझाउनुपर्नेछ । समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारकाे हदमा थप समूह प्रत्येकका लागि रु सय थप दस्तुर बुझाउनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top