होमपेज / समाज
काठमाडाैं | पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० किलोग्राम सुन हिनामिना नभएको प्रष्ट पारेकाे छ ।
मंगलवार संघीय संसद् राष्ट्रियसभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले मन्दिरमा चढाइएको जलहरीमा तोकिएबमोजिम नै सुन रहेको दाबी गरेका हुन् ।
उनले जलहरीमा १० किलो सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए । आफूले पटक–पटक जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले आँँसु नै झारे ।
उनले 'न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? भनी सांसदहरूलाई प्रतिप्रश्न समेत गरे ।
‘नेपाल राष्ट्र बैंकले सम्झौताअनुसार दिएको १०३ केजी सुन लिएर आएका हौं । त्यो १० किलो सुन पनि शिवले पहिरिएर राख्नुभएको छ । जोख्दा खेरी थाहा हुन्छ नि पित्तल हाल्यो कि चाँदी हाल्यो,' उनले भने, 'यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ । म मृत्युदण्ड लिन तयार छु । यो सुनको जलहरीमा मैले न्याय माग्न के आत्महत्या गर्नुपर्ने हो ? मलाई पशुपतिको भेटी तलमाथि गरेर, जग्गा-जमिन बेचेर खानु छैन । खाँदिनँ ।’