ट्रेण्डिङ

होमपेज / समाज

लागूऔषधसहित वीरेन्द्रनगरबाट तीन जना पक्राउ

नेपालगाथा २०८० जेठ २८ गते आइतबार १९:०३:४५ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगरको मंगलगढी चोकमा रहेको हार्दिक होटलबाट लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका-३ बस्ने अन्दाजी ३० वर्षका अर्जुन देवकोटा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

नापतौल नगरेको कालो प्लाष्टिक भित्र डल्लो पारी राखेको लागू औषध ब्राउनसुगर, खैरो धुलो पदार्थ, नेपाली रुपैयाँ तीन हजार, भारतीय रुपैयाँ दुई हजार छ सय, सादा मोबाईल थान र टच मोबाईल थान सहित उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

यस्तै बाँके नेपालगंज उप-महानगर पालिका-११ बस्ने अन्दाजी २४ वर्षका खिरोज खान वीरेन्द्रनगर नगरपालिका-३ मा रहेको माया कर्णाली होटलको कोठा न. १०२ बाट र बाँके नेपालगंज उपमहानगरपालिका १८ बस्ने  २३ वर्षकी सारदा सिंहलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट थप मद्दतमा खटिएको ६ जनाको प्रहरी टोलीले पक्राउ गरेको छ । उनिहरुबाट शुद्ध तौल ११ ग्राम ८२० मिलिग्राम, सादा मोबाईल थान १ सहित पक्राउ गरिएको हो । उनीहरु तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top