होमपेज / समाज
सुर्खेत । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको अध्यक्षमा पदमा खड्का निर्वाचित भएकी छिन् । खड्का कर्णाली प्रदेश सभाका पूर्व सदस्य समेत हुन् ।
यस्तै, उपाध्यक्षमा कुमारी थापा र अम्विका बोहोरा, सचिवमा तारा शाही चयन भएका छन् । सहसचिवमा कोकिला सिंह ठकुरी र कोषाध्यक्षमा चन्द्रिका महरा चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पदमा खड्काले अनेमसंघको संगठनलाई अझ विस्तार गर्ने र महिला नेतृत्वलाई आगामी दिनमा थप बढाउने बताउनुभयाे । वीरेन्द्रनगरमा सम्पन्न भएको अनेमसंघ कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट खड्कासहित ५१ जना निर्वाचित भएका छन् ।