ट्रेण्डिङ

होमपेज / समाज

शैक्षिक सुधार र शिक्षकका माग सम्बोधन गर्न नगरप्रमुख समक्ष २८ वुँदे माग

नेपालगाथा २०८० जेठ २७ गते शनिबार १७:३४:१३ मा प्रकाशित

सुर्खेत । नेपाल राष्ट्रिय शिक्षक संगठन वीरेन्द्रनगर नगर समितिले २८ वुँदे मागसहित वीरेन्द्रनगर नगरपालिकाको शैक्षिक सुधार र शिक्षकका माग सम्बोधन गन मागपत्र पेस गरेको छ ।

नगर समितिका अध्यक्ष डिल्लीराम कंडेलसहितको समूहले आज नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) समक्ष २८ वुँदे मागपत्र बुझाएको हो ।

मागपत्रमा प्रदेश सरकारसँग समन्वय गरी नगरपालिका र कर्णाली प्रदेश सरकार एकीकृत ढंगले अगाडि बढेर वीरेन्द्रनगरमा देखिएको विद्यार्थी चापको आधारमा बजेट विनियोजन गर्न पहल गरिनुपर्ने भनिएको छ । यसैगरी अंग्रेजी माध्ययमको पठनपाठन सुरु गरेका सामुदायिक विद्यालयहरुलाई जनक शिक्षा साममग्री केन्द्रले नै अग्रेजी माध्यममा पाठ्यपस्तक अनिवार्य उपलब्ध गराउने पहल गरिदिनुपर्ने माग गरिएको छ ।

यसैगरी मागपत्रमा करारमा शिक्षक नियुक्ति गर्दा विदाको दिनमा मात्र परीक्षा लिने परिपाटी बनाउनुका साथै विषय विज्ञको छनौट प्रकृया र पारिश्रमिक निश्चित मापदण्डका आधारमा हुनुपर्ने र सोको जानकारी प्रत्येक विद्यालयलाइ गराउनुपर्ने माग समेत राखिएको छ ।

मागपत्रमा सुत्केरी महिला शिक्षकको लागि तलवी सट्टा शिक्षकको ब्यवस्था गर्नुपर्नुका साथै सबै विद्यालयहरुलाई पूर्ण डिजिटल र प्रविधिमैत्री बनाउनुपर्ने जस्ता २८ वुँदामा मागहरु समेटिएको अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top