ट्रेण्डिङ

होमपेज / समाज

गर्मीयाममा २४सै घण्टा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउनू - स्वास्थ्य मन्त्रालय

नेपालगाथा २०८० जेठ २६ गते शुक्रबार १३:३७:१२ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयाममा बिरामीको संख्या बढ्न सक्ने भन्दै २४ सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन निर्देशन दिएको छ।

संघीय, प्रादेशिक तथा स्थानीय स्तरका अस्पतालहरुलाई निर्देशन जारी गर्दै मन्त्रालयले गर्मीयाम बढेसँगै बिरामीको संख्या बढ्न सक्ने भन्दै २४ सै घण्टा स्वास्थ्यकर्मीको परिचालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

मन्त्रालयले प्ररकाशित गरेकाे विज्ञप्तिका अनुसार कुनै पनि रोग तथा विपद्जन्य अवस्था हुनबाट पूर्व सतर्कता अपनाउन स्थानीय स्तरका  एफएम, पत्रपत्रिका मार्फत सूचना सम्प्रेषण गर्न र पीडितहरुको उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गरी आम नागरिकको जीवन रक्षामा चौबिसै घण्टा स्वास्थ्यकर्मीको परिचालन गर्ने व्यवस्था मिलाउन भनिएकाे छ । 

साथै स्वास्थ्य  मन्त्रीको स्थलगत निरीक्षणका क्रममा अस्पतालहरूमा स्वच्छ पिउने पानी, उपयुक्त सरसफाई तथा संक्रमण हुनबाट सूरक्षित गर्न तापक्रम व्यवस्थापनको अभाव भएको पाइएको भन्दै शल्यक्रिया पश्चातका तथा अन्य ठूला घाउचोट भएका बिरामीहरूका लागि तापक्रमको व्यवस्थापन गर्नुका साथै स्वच्छ पिउने पानी र अस्पतालको सरसफाईलाई थप व्यवस्थित गर्न मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top