ट्रेण्डिङ

होमपेज / समाज

२९ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन

भदौ १६ देखि भदौ २० सम्म परीक्षा

नेपालगाथा २०८० जेठ २६ गते शुक्रबार ११:४१:३१ मा प्रकाशित

काठमाडौं । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन खाेलेकाे छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै आन्तरिक खुल्ला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन भएकाे छ ।

यसअन्तर्गत आयोगले आन्तरिक खुल्लामा १५ जना, खुल्लामा ७ जना, महिला २ जना, आदिवासी/जनजाती २ जना, मधेसी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हान गरेको छ ।

विज्ञापन प्रकाशन भएको दिनदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top