होमपेज / समाज
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने निजी विद्यालयको सूची सार्वजनिक गरेको छ । मंगलबार महानगरले नियम अनुसार छात्रवृत्ति प्रदान नगर्ने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको हो ।
महानगरले विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समय दिएको छ । जेठ २८ गतेसम्म पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ अनुसार विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द अथवा प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्ने जानकारी दिएको छ ।
महानगरपालिकाले यसअघि गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो।