होमपेज / समाज
काठमाडौं । देशभर आज ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ६७२ नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आरटी-पीसीआर विधिबाट ८४ र एन्टिजेनबाट ५८८ नमुना परीक्षण गर्दा आरटी-पीसीआरबाट २ जनाको र एन्टिजेनबाट १ जनाकाे रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ५ जना संक्रमित निको भएका छन्।
हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ पुगेको छ। यसमा आरटी-पीसीआरको तथ्यांक मात्र समावेश गरिएको मन्त्रालयले जनाएको छ।