ट्रेण्डिङ

होमपेज / समाज

रलिङ्ग मेलामा सिमकोट गाउँपालिकाे स्वास्थ्य क्याम्प सञ्चालन

नेपालगाथा २०८० जेठ २१ गते आइतबार ११:४०:१२ मा प्रकाशित

हुम्ला । आज (आइतबार) बाट सञ्चालन हुने रलिङ्ग मेलामा सिमकोट गाउँपालिकाले स्वास्थ्य क्याम्प सञ्चालन गरेकाे छ। करिब चार हजार मिटर उचाइमा रहेकाे रलिङ्ग गुम्बामा उक्त मेला लाग्ने भएकाले दर्शनार्थीलाई लेक लाग्ने समस्या लाई मध्यनजर गर्दै सो क्याम्प सञ्चालन गरेकाे गाउँपालिका स्वास्थ्य शाखा स्राेतले बताएकाे हो।

दुई दिनसम्म लाग्ने उक्त मेलामा प्राथमिक उपचारका सबै सेवा, ज्वराे आउने, टाउकाे दुख्ने लगायतका सेवा उपलब्ध हुनेछन्। क्याम्प आज (आइतबार) रलिङ्ग गुम्बामा र भाेलि (साेमबार) तोग्रामा सञ्चालन हुने जानकारी दिए।

यसका लागि शाखाले तीन जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीकाे टाेली खटाएको छ। बाैद्द धर्मावलम्बीकाे ठूलाे पर्वका रुपमा रहेकाे उक्त मेला हरेक वर्ष जेठ पूर्णिमामा लाग्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top