होमपेज / समाज
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन् । नयाँ दिल्लीबाट विशेष विमानमार्फत उज्जैन पुगेर प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको पूजाअर्चना गरेका हुन् ।
सोही क्रममा उनले नेपालबाट लगेको १०८ केजी रुद्राक्ष र ५१ हजार रुपैयाँ दान गरेका छन् । पूजा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत पनि सहभागी भएका छन् ।
भारतको १२ ज्योतिर्लिङ मध्ये मशाकालेश्वर पनि एक हो ।