होमपेज / समाज
काठमाडौं । देशभर आज २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ६६७ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २१७ र एन्टिजेनबाट ४५० नमुना परीक्षण गर्दा पीसीआरबाट २ जनाकाे रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ५ जना संक्रमित निको भएका छन्।
हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ पुगेको छ। यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको मन्त्रालयले जनाउकाे छ।