ट्रेण्डिङ

होमपेज / समाज

मधुमेहबाट बच्ने ८ उपाय र लक्षणहरु

नेपालगाथा २०८० जेठ १९ गते शुक्रबार १३:३१:२६ मा प्रकाशित

डा. वुद्ध कार्की, काठमाडाैँ । मानिसले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ। मानव शरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो। शक्ति शरीरभित्र रहेका सेल्स (कोशिकाहरु) भित्र हुन्छ। ग्लुकोजलाई रगतबाट कोशिकाभित्र प्रवेश गराउने काम इन्सुलिन नामक हर्मोनले गर्छ। इन्सुलिन पेटको प्यान्क्रियाज भन्ने ग्रन्थीले उत्पादन गर्छ। यो ग्रन्थी रोगग्रस्त भएको अवस्थामा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन।

फलस्वरुप ग्लुकोज कोशिकाहरुभित्र प्रवेश गर्न नसकी रगतमै थुप्रिएर बढ्दै जान्छ र पिसाबबाट बाहिर निस्कन्छ थाल्छ।  यसले गर्दा शक्ति उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज त्यत्तिकै खेर जान थाल्छ। यो अवस्थामा रगतमा ग्लुकोजको मात्रा अत्याधिक बढेको हुन्छ भने कोशिकाहरुमा शक्तिको उत्पादन हुन नसकेर शरीर कमजोर हुँदै जान्छ। यही अवस्थालाई डायविटिज वा मधुमेह भनिन्छ। यसरी रगतमा ग्लुकोजको मात्रा बढ्दै गएपछि मुख सुक्ने, बढी तिर्खा लाग्ने र धेरै पिसाब लाग्ने जस्ता लक्षण देखिन थाल्छन्। पिसाबमा ग्लुकोज जान थालेपछि दुब्लाउदै जाने, भोक बढी लाग्ने, हातखुट्टा झमझम गर्ने जस्ता लक्षण देखिन थाल्छन्।

मधुमेहबाट बच्ने उपायहरु

१. शरिरको तोैल सन्तुलित राख्ने
२. चिनीजन्य परिकार कम खाने
३. चिल्लो कम खाने, चाहिने भन्दा बढि खाना नखाने
४. धेरै गुलिया फलफूल कम खाने
५. पेय पदार्थ नखाने
६. फ्राइ तथा पोलेका परिकार कम खाने
७. धुम्रपान–मद्यपान नगर्ने
८. नियमित व्यायाम गर्ने

मधुमेहका लक्षणहरु

१. प्यास बढी लाग्ने
२. पिसाब बढी हुने
३. भोक बढी लाग्ने
४. दुब्लाउने
५. आँखाको दृष्टिमा खराबी
६. घाउ निको नहुने
७. हातखुट्टा झमझम गर्ने
८. पिसाब फरेको ठाउँमा कमिला लाग्ने

डा. कार्की वीर अस्पतालका मधुमेह तथा थाइराइड रोग विशेषज्ञ हुन्। स्वास्थ्य खबरबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top