होमपेज / समाज
सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघले 'चालू पूँजी कर्जा निर्देशिका' २०७९, कम्तिमा दुई बर्षका लागि स्थगन गर्न आग्रह गरेकाे छ । नेपाल राष्ट्र बैंकले जारी गरेको उक्त निर्देशिका स्थगन गर्न सुर्खेत जिल्लामा अवस्थित सम्पूर्ण बैङ्क र नेपाल राष्ट्र बैक केन्द्रीय कार्यालयलाई बिहीबार पत्र मार्फत अपिल गरेकाे हाे।
अपिल पत्रमा भनिएकाे छ, 'निजी क्षेत्रमाथि आईलागेको आर्थिक संकट र बाध्यताका बीचबाट आफ्नो फाइदा मात्र उठाउने नभई मानवीय हिसावलेपनि निजी क्षेत्रको सहयोगी र आर्थिक समृद्धिको साझेदारका रुपमा आफूलाई उभ्याउँदै उद्योगी व्यापारीको सर्वस्व सखाप हुने गरी धितो लिलामलाई मात्र विकल्पका रुपमा नहेरी आर्थिक संकटबाट उकासिनका लागि ऋण भाखा नाघेको अवस्थामा म्याद थप, कर्जा नविकरण आदिजस्ता सहयोगी नीति अख्तियार गरी निजी क्षेत्र र बैंक दुबै पक्षको जीत जीतको स्थिति सिर्जना गर्न हार्दिक अनुरोध गर्दछौं ।'