ट्रेण्डिङ

होमपेज / समाज

२ जना फरार प्रतिवादी सुर्खेतमा प्रकाउ 

नेपालगाथा २०८० जेठ १८ गते बिहीबार १४:२५:२२ मा प्रकाशित

सुर्खेत ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । गत जेठ १६ गते जिप्रका सुर्खेतबाट खटिएको प्रहरी टोलीले निजहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला अदालत सुर्खेतबाट कुटपिट मुद्धामा पन्ध्र हजार जरिवाना तोकिएका बर्ष ३३ का अविरल भन्ने लक्ष्मी रावत र लागु औषध मुद्दामा २ महिना ५ दिन कैद कायम भएका बर्ष ३० का नविन तिवारी रहेका छन्।

फरार प्रतिवादी रावतलाई प्रहरी वरिष्ठ नायव निरीक्षक विजय शाहिको टोलीले पक्राउ गरेको थियाे। उनी सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका ३ एरिचाेक बस्दै आएका थिए । भने फरार प्रतिवादी तिवारीलाई प्रहरी हवाल्दार टिकाराम आचार्यको टोलीले पक्राउ गरेको हाे । उनी सुर्खेतकाे वीनपा ११ गाग्रेताल स्थायी घर बताउदै आएका छन् ।

पक्राउ भएका दुवै प्रतिवादीहरुलाई थप कानूनी प्रक्रियाको लागि जिल्ला अदालत सुर्खेतमा बुझाई सकेको जिप्रका स्राेतले बताएकाे छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top