ट्रेण्डिङ

होमपेज / समाज

कञ्चनजङ्घाकाे आरोहण चार विदेशीसहित १४ जनाले गरे

नेपालगाथा २०८० जेठ १८ गते बिहीबार १३:१५:२१ मा प्रकाशित

ताप्लेजुङ । कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर रहेका छन् । उनीहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए।

यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङिमादावालगायतले समेत आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए । उनका अनुसार आरोहीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजङ्घा गएका थिए। यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले सफल आरोहण गरेका थिए । राससबाट

प्रतिक्रिया

सम्बन्धित खवर

Top