होमपेज / समाज
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले सार्वभौम संसद्को अधिकार छलेर गलत प्रक्रियाबाट नागरिकता विधेयक प्रमाणीकरण भएको बताएका छन् ।
उनले विधेयकलाई संसदमा ल्याएर पारित गरेर प्रमाणीकरणका लागि पठाएको भए विधिसम्मत हुने बताउँदै हिजो असंवैधानिक भयो भन्नेहरू नै आज उल्टो बाटो हिँडेको टिप्पणी गरे।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७८ जेठमा नागरिकता सम्बन्धी अध्यादेश ल्याएका थिए। अहिलेको नागरिकता विधेयकमा भएका धेरै कुरा ओली सरकारले ल्याएको अध्यादेश समावेश गरिएका थिए।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानै लाग्दा किन विधेयक प्रमाणीकरण गरियो भनेर एमालेलाई आश्चर्य लागेको पनि बताए।