ट्रेण्डिङ

होमपेज / समाज

नागरिकता विधेयक राष्ट्रपति पौडेलबाट प्रमाणीकरण

नेपालगाथा २०८० जेठ १७ गते बुधबार १४:५५:४५ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

‘नागरिकता विधेयक प्रमाणीकरण गर्न त जेठ १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लेखी आएकोमा नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत बमोजिम विधेयक प्रमाणीकरण गरेको छु,’ राष्ट्रपति पौडेलले भनेका छन्।

अघिल्लो संसदले २ पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो।

राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकबारे राष्ट्रपति पौडेलले यसअघि कानून व्यवसायीहरूसँग छलफलसमेत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top