ट्रेण्डिङ

होमपेज / समाज

भवानी छापाखानाकी सञ्चालक उपाध्यायसहित उत्कृष्ट ६ महिला उद्यमी सम्मानित

नेपालगाथा २०८० जेठ १७ गते बुधबार ०८:२३:५३ मा प्रकाशित

सुर्खेत । सुर्खेतमा रहेर लामो समयदेखि मुद्रण व्यवसायमा संलग्न बिसी ग्रुप अन्तर्गतको भवानी छापाखानाकी सञ्चालक हिमकुमारी उपाध्यायले उत्कृष्ट महिला उद्यमीका पुरस्कार प्राप्त गरेकी छन् ।

पाँचौ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा कर्णाली प्रदेशबाट उत्कृष्ट महिला उद्यमीको रुपमा छनौट भएकी उपाध्यायलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत जनही एक लाख राशीको नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

उपाध्यायलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले मंगलबार प्रज्ञा भवन कमलादीमा नगद पुरस्कारसहित सम्मान गरेका हुन् । २०५६ भदाै २१ गते स्थापना भएकाे छापाखाना ब्यवसायमा १५ वर्षदेखि उनले नेतृत्व लिएर ब्यापार गर्दै आएकी छिन् । अहिले उनकाे उधाेगमा २७ जना बढीले प्रत्यक्ष राेजागारी पाएका छन्।

उपाध्यासँगै सम्मानित हुनेहरुमा काेशी प्रदेशबाट भूमिकादेवी दाहाल (श्री भूमिका सिपमूलक तालिम केन्द्र), मदेश प्रदेशबाट ज्याेति श्रेष्ठ (करसिभ क्रियशन/सिलाइ कटाइ तथा टेलर्स व्यवसाय), वागमती प्रदेशबाट कमला सुवेदी (श्रीसजनशील कृष्टल हस्तकला उधाेग),  गण्डकी प्रदेशबाट चिनु कुमारी गुरुडकाे (गुरुड व्युटी पार्लर प्रा.लि. पाेखरा र लुम्बिनी प्रदेशबाट निरु चाैधरी (पञ्चशील हस्तकला केन्द्र/थारु हस्तकलामा आधारित सामाग्रीसमेत) सम्मानित भएका छन् । सम्मानित सबैलाई जनही एक लाख नगद र सम्मान पत्र प्रदान गरिएकाे थियाे ।

सुदुरपश्चिम प्रदेश बाहेक देशभरका ६ जना उत्कृष्ट महिला उधमीहरुलाई सम्मानित गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top