ट्रेण्डिङ

होमपेज / समाज

पत्रकारिता र आमसञ्चारका तीन विद्यार्थी सम्मानित

'प्रादेशिक पत्रकारिता पुरस्कार २०७९'

नेपालगाथा २०८० जेठ १५ गते सोमबार २२:४५:२१ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय ग्राजुयट स्कुल अफ ह्युम्यानिटिज एण्ड साेसल साइन्स अन्तर्गत पत्रकारिता र आमसञ्चारका तीन विद्यार्थी सम्मानित भएका छन् । कर्णाली प्रदेश सरकारले प्रदान गर्ने ५० हजार राशीकाे 'प्रादेशिक पत्रकारिता पुरस्कार २०७९' बाट पत्रकारिता र आमसञ्चार स्नातकाेत्तर तह उत्तीर्ण विद्यार्थी ललित बुढा सम्मानित भएका हुन् । यसैगरी हाल स्नातकाेत्तर तह पहिलाे सेमेष्टरमा अध्ययनरत विद्यार्थी सरिता चलाउने र स्नातक तह उत्तीर्ण विद्यार्थी चाँदनी कठायत पनि साेही पुरस्कारबाट सम्मानित भएका छन् । तीनै जनाले जनही ५० हजार नगद रुपैयाँ र प्रमाण पत्र पाप्त गरेका छन् । 

कर्णाली प्रदेश सरकारले हरेरक वर्ष प्रदान गर्ने प्रादेशिक पत्रकारिता पुरस्कार गणतन्त्र दिवसकाे अवसर पारेर कर्णाली प्रदेश सरकारले आज जेठ १५ गते सम्मान गरेकाे हाे । कर्णाली प्रदेश प्रमुख तिलक परियारले एक कार्यक्रमका बीच आज सम्मान गर्नुभएकाे हाे । साेही अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसी पनि उपस्थित हुनुहुन्थ्याे । सरकारले गत वर्ष नै पुरस्कारकाे घाेषणा गरे पनि यस वर्ष गणतन्त्र दिवसकाे अवसर पारेर पुरस्कार तथा प्रमाण पत्र वितरण गरेकाे हाे ।

सम्मानित व्यक्ति ललित बुढा केही दिन पहिले मात्र काठमाडाैंमा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका थिए। पत्रकार बुढा हाल अन्नपूर्ण पाेष्ट दैनिकमा कर्णाली प्रदेश ब्युराे प्रमुखकाे रुपमा कार्यरत छन् । कर्णाली प्रदेशबाट विभिन्न विषयमा कलम चलाइरहेका पत्रकार बुढा एउटा सशक्त पत्रकारका रुपमा परिचित छन् । 

यसैगरी सम्मानित व्यक्ति चाँदनी कठायत यसअघि कान्तिपुर दैनिकमा कार्यरत हुँदा कर्णाली प्रदेशका विविध सवालमा सशक्त ढंगले कलम चलाएर सम्प्रेषण गरेका विभिन्न समाचारलाई आधार मानी पुरस्कारका लागि छनाेट भएकी हुन् । पत्रकार कठायत हाल अमेरिकन मिडिया ग्लाेबल प्रेस जर्नलमा आवद्ब छिन् । उनी कर्णाली प्रदेशबाट विभिन्न सवालका बारेमा उक्त जर्नलमा लेख्ने गर्दछिन् । 

यसैगरी अर्का सम्मानित व्यक्ति सरिता चलाउने सल्यान जिल्लाबाट कान्तिपुर टेलिभिजनका लागि पत्रकारिता गर्छिन् । उनी स्थानीय शारदा एफएमकाे समाचार सम्पादक पनि हुन् । उनले यसअघि थुप्रै मिडियामा काम गरिसकेकी छिन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top