ट्रेण्डिङ

होमपेज / समाज

गणतन्त्र दिवसकाे अवसरमा शिवमन्दिर परिसरमा सरसफाई

नेपालगाथा २०८० जेठ १५ गते सोमबार १७:०८:५९ मा प्रकाशित

सिमकोट । १६औँ गणतन्त्र दिवसकाे अवसरमा हुम्लाको सिमकोट गाउँपालिका–५ मा रहेको शिव मन्दिर परिसरमा सरसफाई गरिएकाे छ । कर्णाली कलाकार संस्था हुम्लाले सोमबार विहान उक्त कार्यक्रम गरेकाे हाे।

गणतन्त्र दिवसको अवसरमा रचनात्मक कार्य गर्ने उद्येश्यले मन्दिरकाे वरिपरी सरसफाईकाे साथै करिब साठी फुलका बोटहरु रोपिएकाे समेत संस्थाका अध्यक्ष नवराज भण्डारीले बताए । संस्थाले विभिन्न साङ्गीतिक जनचेतनामूलक कार्यक्रम मात्रै नभई नयाँ नयाँ रचनात्मक र सकरात्मक कार्यमा समेत आफ्नाे संस्था लागि परेको अध्यक्ष भण्डारीकाे भनाई छ।

उक्त कार्यक्रममा संस्थामा आवद्द सम्पूर्ण सदस्यहरु , संस्थाका पूर्व अध्यक्ष मान बहादुर रावत, स्थानिय धर्मराज रोकाया, धना बुढा लगायतकाे सहभागीता रहेको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top