ट्रेण्डिङ

होमपेज / समाज

आज १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगाथा २०८० जेठ १४ गते आइतबार १५:५९:०२ मा प्रकाशित

काठमाडौं । आज १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १०४५ नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८५ जनामा नमुना परीक्षण गर्दा २ र एन्टिजेनबाट ९६० जनामा नमुना परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३३ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top