होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह सहितकाे पदाधिकारीकाे संयुक्त टोलीले बबई बहुमुखी क्याम्पस, गुलरिया, बर्दियाको अनुगमन गर्नुका साथै अन्तर्क्रिया सम्पन्र गरेकाे छ ।
उपकुलपति प्रा.डा. सिंहले प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले राखेका गुनासा तथा समस्याहरुको बारेमा सम्बोधन गर्नुभएको थियो । साथै उपकुलपति प्रा.डा. सिंहले बबई बहुमुखी क्याम्पसको समग्र शैक्षिक गुणस्तर विकास गर्न क्याम्पस पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी र सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरुले आ-आफ्नो स्थानबाट इमान्दारिताका साथ लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
.jpg)
अन्तरक्रिया कार्यक्रममा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले आ-आफ्ना समस्या तथा गुनासाहरु राखेका थिए । क्याम्पसका पदाधिकारी तथा उपस्थित अतिथिहरुले विभिन्न प्राविधिक विषयहरु विशेषगरी कृषि, बि.एस्सी. जस्ता विषयहरु पढाउन अनुमति दिनुपर्ने कुरा व्यक्त गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमका बीच उपकुलपति प्रा.डा. सिंहले बबई बहुमुखी क्याम्पसको नवनिर्मित सभा हलको समुद्घाटन समेत गर्नुभएको थियो ।
.jpg)
अन्तरक्रिया कार्यक्रम पश्चात उपकुलपतिज्यू सम्मिलित पदाधिकारी तथा कर्मचारी टोलीले क्याम्पसको भवन, लाइब्रेरी, कक्षाकोठा, क्यान्टिन, शौचालय लगायत समग्र क्याम्पसको अवस्थाबारे अनुगमन गरेकाे थियो । अनुगमनको क्रममा देखिएका सकारात्मक प्रयासको प्रसंशा गर्नुका साथै कमी-कमजोरी तथा सुधार गर्नुपर्ने पक्षहरुमा क्याम्पस प्रशासनले तत्काल आवश्यक कदम चाल्नुपर्ने गरी उपकुलपति प्रा.डा. सिंहले निर्देशन दिनुभएको थियो ।
.jpg)
अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल र गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवकाे उपस्थित रहेको थियो । त्यसै गरी ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टका डीन प्रा.डा. दीपबहादुर रावल, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा. चन्द्रप्रसाद रिजाल, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक सह-प्रा. वीरबहादुर पौडेल र प्राचार्य उप-प्रा. जसवीर रोकाकाे समेत उपस्थित रहेको थियो । यसैगरी गुलरिया नगरपालिका वडा नं. ४ का अध्यक्ष सुरेश गौतम, बबई बहुमुखी क्याम्पस संचालक समितिका पुर्व अध्यक्ष परशुराम थारु र दयाराम खड्का, क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।