होमपेज / समाज
सुर्खेत । डा. नवराज केसीद्वारा लिखित कृति ‘शून्यको मूल्य’लाई उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको छ । कर्णालीका आमाहरूको संघर्षमा आधारित उक्त कृतिलाई २०७९ सालभर प्रकाशित कृति मध्येबाट उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको बताइएको छ ।
साेही पुरस्कारको राशि १ लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ । केसीले उक्त कृतिमा कर्णालीका आमाहरूको संघर्ष, भोगाइ साथै भाैगाेलिक अवस्थालाई समेटेका छन् ।