होमपेज / समाज
सुर्खेत । सुर्खेतमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारलाई अभिनन्दन गरिने भएकाे छ। भाेली (शनिबार) दिउँसो १ बजे घण्टाघरको पश्चिमतर्फको मैदानमा आयोजना हुने कार्यक्रममा नागरिकहरुबाट अभिनन्दन गर्न लागिएको मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए ।
कार्यक्रममा शाह सहभागी भएपछि स्वागत मन्तव्य राख्ने र गिरीले राजालाई अभिनन्दन पत्र प्रदान गर्ने कार्य तालिका पनि रहेको छ । त्यसपछि संघसंस्थाले अभिनन्दन गर्नेछन् । कार्यक्रममा पूर्व राजा शाहले सम्बोन्धन गर्ने कार्यतालिका समेत रहेको संयोजक गिरीले बताए ।
नागरिक अभिनन्दन समारोहमा पूर्वराजा, रानी र राजपरिवारका केही सदस्यहरु पनि आउने कार्यक्रम रहेकोे छ । राप्रपाका नेता एंव नागरिक अभिनन्दन मुल समारोह समितिका संयोजक गिरीले सुर्खेतको विकासमा स्वर्गीय राजा वीरेन्द्रको महत्वपूर्ण योगदान रहेकोले पनि नागरिक अभिनन्दनको आयोजना गरिएको जानकारी दिए ।