ट्रेण्डिङ

होमपेज / समाज

देशभर आजको मौसम

नेपालगाथा २०८० जेठ ९ गते मंगलबार ०९:०६:२१ मा प्रकाशित

काठमाडौँ । देशमा हाल पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ।

दिउँसो देशको पहाडी भूभागहरूमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले बताएको छ ।

राती देशको पहाडी भूभागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top