ट्रेण्डिङ

होमपेज / समाज

संघीय संसदका दुवै सदनमा राष्ट्रपतिले सम्बोधन गर्ने

नेपालगाथा २०८० जेठ ४ गते बिहीबार १५:१२:५८ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले शुक्रबार अपरान्ह ४ बजे राष्ट्रपतिको सम्बोधन हुने जानकारी गराएका हुन् ।

सभामुख घिमिरेले अपरान्ह पौने ४ बजेभित्र निर्धारण गरिएको पोशाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार साँझ ६ बजे बस्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top