होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंह तथा पदाधिकारीहरु सम्मिलित संयुक्त टोलीद्वारा मुसिकोट खलंगा बहुमुखी क्याम्पस, रुकुम पश्चिमकाे भ्रमण तथा अनुगमन कार्यक्रम सम्पन्न गरेका छन् । उक्त टाेलीद्वारा जेष्ठ ३ गते भ्रमण तथा अनुगमन गरेकाे विश्वविद्यालय स्राेतले बताएकाे छ ।
.jpg)
मुसिकोट खलंगा बहुमुखी क्याम्पसले संयुक्त टोलीलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । आयोजित कार्यक्रममा बाेल्दै प्रमुख अतिथि उपकुलपति प्रा.डा. सिंहले प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले राखेकाे गुनासाे तथा समस्याहरुको सम्बोधन गरेका थिए । साथै मुसिकोट खलंगा बहुमुखी क्याम्पसको समग्र शैक्षिक गुणस्तर विकास गर्न क्याम्पस पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी र सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरुले आ-आफ्नो स्थान बाट इमान्दारिताका साथ् लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।
उक्त कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल, मुसिकोट खलंगा बहुमुखी क्याम्पस संचालक समितिका पुर्व अध्यक्ष तथा राष्ट्रिय सभाका पुर्व सदस्य ठगेन्द्रप्रकाश पुरी, मुसिकोट नगरपालिकाका उप-मेयर विमल कुमार पुन, ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका डीन प्रा. डा. विमल कुमार लाल कर्ण, ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सेजका डीन सह-प्रा.डा. लिलाधर तिवारी र ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सह-प्रा. डा. सुदीप ठकुरीकाे उपस्थित रहेकाे थियो ।
त्यसै गरी कार्यक्रममा योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्र प्रसाद रिजाल, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक सह-प्रा. बीरबहादुर पौडेल, प्राचार्य उप-प्रा. जसबिर रोका, क्याम्पस संचालक समितिका पुर्व अध्यक्ष कृष्णबहादुर रोकाय, क्याम्पस संचालक समितिका पुर्व सदस्यहरु, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य, कर्मचारी, क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी, राजनितिक दलका प्रतिनिधिहरु, अक्षयकोष दाताहरु तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता क्याम्पसका क्याम्पस प्रमुख उप-प्रा. बुद्धि प्रसाद गौतमले गरेका थिए ।
.jpg)
.jpg)