ट्रेण्डिङ

होमपेज / समाज

देशभर आज ३४ जनामा कोरोना पुष्टि

नेपालगाथा २०८० जेठ ३ गते बुधबार १५:४४:१४ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११६७ जनामा गरिएको परीक्षणका क्रममा ३४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

जसमा आरटी-पिसिआर विधिबाट ४१३ जनामा नमुना परिक्षण गर्दा १२ र एन्टीजेन विधिबाट ७३६ जनामा नमुना परिक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । सोही अवधिमा २३ जना सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको भनाइ छ ।

हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमित ८९ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top