होमपेज / समाज
काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सम्बन्धि रिटको सुनुवाई संबैधानिक इजालासमा आज हुने भएकाे छ । गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समय अभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सुनुवाइ स्थगित गरिएको थियो ।
संघीय संसदको महासचिव भरतराज गौतमले संसद अधिवेशन समाप्त भएकाले राणा माथी लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रका बारेमा आज संबैधानिक इजालासमा सुनवाई हुन लागेको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ ।