ट्रेण्डिङ

होमपेज / समाज

पठनपाठन सञ्चालन गर्न क्याम्पसलाई स्ववियुकाे अनुरोध

नेपालगाथा २०८० जेठ २ गते मंगलबार १९:०९:१० मा प्रकाशित

हुम्ला।  हुम्ला जिल्लाको सिमकोट गाउँपालिका ५ मा पर्ने मानसरोवर बहुमुखी क्याम्पसमा पठनपाठन गर्न-गराउन स्वतन्त्र विद्यार्थी युनियनले माग गरेको छ। मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै समयमै पठनपाठनका लागि क्याम्पस प्रशासनलाई अनुरोध गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ' विगत लामो समय देखि नियमित कक्षा सञ्चालन हुन नसक्दा विद्यार्थी मा पर्न गएको असरलाई मध्यनजर गर्दै यस क्याम्पसको विद्यार्थी संगठित स्वतन्त्र विद्यार्थी युनियनले भर्खरै प्रथम पटक स्ववियु सम्पन्न गरेको र यस स्ववियु कमिटीको दोस्रो बैठकले नियमित कक्षा सञ्चालनको लागि अनुरोध गर्ने निर्णय गरेको छ।'

२१६ जना विद्यार्थी रहेको उक्त क्याम्पसमा शिक्षा र राजनीतिक शास्त्रका विषयमात्र पठनपाठन हुने स्ववियु सभापति नरेन्द्र भण्डारीले बताए। हुम्लाको सदरमुकाम समेत रहेको  उक्त गाउँपालिकामा पर्ने सो क्याम्पसमा पठनपाठन नहुने तर विद्यार्थीहरु परीक्षामा मात्र सहभागी हुने गरेको पाईएको छ ।

त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त उक्त क्याम्पसमा हाल कार्यालय सहयोगि सहित ५ जना शिक्षक दरबन्दी रहेको समेत सभापति भण्डारी बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top