ट्रेण्डिङ

होमपेज / समाज

‘कानुनी उपचारका लागि अघि बढिसक्यौं’ – विद्यालय प्रशासन

प्रश्नपत्र बाहिरिएको काण्ड

नेपालगाथा २०८० जेठ १ गते सोमबार २१:१२:४१ मा प्रकाशित

सुर्खेत । कक्षा १२ को विज्ञान संकायको फिजिक्स विषयको परीक्षा सञ्चालन हुनुपूर्व नै प्रश्नपत्र बाहिरिएको समाचारमा इगरब्रिज माध्यमिक विद्यालयको कुनै संलग्न्ता नभए पनि नाम नै जोडेर सामाजिक सञ्जाल र युट्युव च्यानलमा भ्रामक सामग्री प्रशारित भएपछि न्यायका लागि विद्यालय प्रशासनले कानुनी उपचारको बाटो अघि बढाएको जनाएको छ । 

विगत लामो समयदेखि उत्कृष्ट नतिजा ल्याउँदै आइरहेको इगरब्रिज माध्यमिक विद्यालयको बदनाम गर्ने उद्देश्यले विद्यालयको नाम जोडिएको बताउँदै विद्यालय प्रशासन प्रमुख कृष्णा न्यौपाने भुसालले परीक्षामा आफ्नो विद्यालयका शिक्षक र कर्मचारी कसैको पनि संलग्नता नरहेको बताउनुभयो । 

‘कागले कान लग्यो भन्दैमा कान नै नछामेर कागको पछि दौडिने’ पत्रकारिता र सामाजिक सञ्जालमा इगरब्रिज विद्यालयको बदनाम गराउन खोजे पनि आफूहरु कुनै पनि गलत क्रियाकलापमा सहभागी नभएको प्रशासन प्रमुख भूसालको दाबी रहेको छ । 

विद्यालयका बारेमा भ्रामक समाचार प्रकाशन तथा प्रशारण हुनुपूर्व सन्तुलित र विश्वसनीयताका लागि समेत आफूहरुलाई कुनै कुरा नसोधी एकोहोरो र पूर्वाग्रही ढंगबाट समाचार प्रकाशन तथा प्रशारण भएकोमा विद्यालय प्रशासनले खेद प्रकट गरेको छ । 

विद्यालयको मान र प्रतिष्ठानमा आँच आएको बताउँदै प्रिन्सिपल दिपेन भूसालले सत्य, तथ्य कुरा बाहिर ल्याउन र कुन परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको हो सो समेत पत्ता लगाएर आफूहरुलाई न्याय दिलाइदिनका लागि जिल्ला प्रहरी कार्यालय समक्ष निवेदन पेस गरिसकेको बताउनुभयो ।  

विद्यालयमा राखिएको ‘क’ श्रेणीको बोर्ड कुनै भ्रामक समाचारका कारण आजै हटाएको नभई विद्यालयको निर्माण कार्य सञ्चालन भइरहेकाले करिब एक हप्ता अघि नै उक्त बोर्ड हटाएको विद्यालय प्रशासनले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top