ट्रेण्डिङ

होमपेज / समाज

आज सुर्खेतमा छाउपडी मेला लाग्ने

नेपालगाथा २०८० जेठ १ गते सोमबार १२:०७:४७ मा प्रकाशित

सुर्खेत । यही जेठ १ गते सोमबार सुर्खेतको वीरेन्द्रनगरमा छाउपडी मेलाको आयोजना हुदैछ ।

कर्णाली प्रदेशमा महिनावारी व्यवस्थापनको क्षेत्रमा कार्यरत विभिन्न विकास साझेदार संघ संस्था लगायत सरोकारवालाहरुको साझा मञ्चको रुपमा स्थापित मर्यादित महिनावारीका लागि कर्णाली एलाइन्स (कदम) अभियानले उक्त मेलाको आयोजना गर्न लागेको हो।

हरेक वर्ष मे २८ मा मनाइने विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारी कदमले सुर्खेतको वीरेन्द्रनगरमा छाउपडी मेलाको आयोजना गर्न लागेको हो। उक्त मेलामा छाउपडीसम्बन्धी जनचेतनामूलक देउडा खेल प्रतियोगिता साथै कदमको सद्भावना दुत समेत रहेकी​ कालाकार सुनिता बिसीको साँगीतिक प्रस्तुति रहने कदमका संयोजक अनिता ज्ञवालीले जानकारी दिइन् ।

"महिनावारी हुँदा पर हाेइन, घर" भन्ने कर्णालीमैत्री नाराकाे साथ कार्यक्रम वीरेन्द्रनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै रहेको खुल्ला चौरमा हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top