ट्रेण्डिङ

होमपेज / समाज

पुर्वगृहमन्त्री खाणको बयान सरकारी वकिल कार्यालयमा सुरू

नेपालगाथा २०८० जेठ १ गते सोमबार ११:४६:०३ मा प्रकाशित

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सुरू भएको छ । बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा खाणको बयान सुरू भएको हो ।

गत बिहीबार पक्राउ परेका पुर्वगृहमन्त्री खाणमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौँले आइतबार चार दिनको म्याद थप गरिएपछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याइएको हो । टेकु परिसरको हिरासतमा चार दिनदेखि रहँदै आएका खाणले सो घटनामा आफ्नो संलग्नता अस्विकार गर्दै आएका छन् । उनले हिजो पनि सञ्चारकर्मीसँग भने ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन ।'

यद्धपी सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफ्नो बयानको क्रममा गृहमन्त्री खाणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top