ट्रेण्डिङ

होमपेज / समाज

बादी बालबालिकालाई मेन्स रुम रिलोडेडकाे सहयोग

नेपालगाथा २०८० बैशाख ३० गते शनिबार २२:५४:३९ मा प्रकाशित

सुर्खेत । सुर्खेतकाे खजुरामा रहेको बादी सरोकार मञ्चमा रहेका ११० जना बालबालिकाका लागि शनिबार मेन्स रुम रिलोडेड (एमआरआर) अष्ट्रेलियामा रहेका यूवाहरुले खाद्यान्न लगायतको सामग्री उपलब्ध गराएका छन् । याे खाद्यान्न सामग्री मेन्स रुम रिलोडेड (एमआरआर) सुर्खेतका युवाहरूकाे सक्रियतामा हस्तान्तरण गरिएकाे हाे । 

मेन्स रुम रिलोडेड (एमआरआर) फेसबुक ग्रुप हाे ।  मेन्स रुम रिलोडेड (एमआरआर) को अष्ट्रेलियामा रहेका यूवाहरुले करिब साढे ३ लाख रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग उपलब्ध गराएका हुन् ।

बादी आवासगृहमा रहेका बालबालिकाले धेरै समस्या भाेगिरहेकाे थाहा पाएपछि एमआरआर अष्ट्रेलियामा रहेका सदस्यहरुले रकम संकलन गरेर सहयाेग गरेकाे एमआरआर सुर्खेत संयोजक सागर लम्सालले जानकारी दिए ।

खाद्यान्न सामग्रीमा ५० बोरा चामल, चार बोरा दाल, चार वटा ग्यास सिलिन्डर, ग्यास चुलो दुई थान, एक बोरा चिनी, चार कार्टुन तेल, सुजी र चिउरा पाँच/पाँच प्याक, एक बोरा नुन र खुर्सानी रहेकाे छ । यसैगरी दुई थान पानी शुद्धीकरण फिल्टर, दुई थान माइक स्पिकर, पाँच लिटर हार्पिक, पाँच लिटर फिनेल, १४४ थान स्यानेटरी प्याड, बाध्यवादनका साधन र दुई थान प्राथामिक स्वास्थ्य सामग्री बक्स लगायतका सामग्री एमआरआर सुर्खेतका युवाहरूकाे सक्रियतामा हस्तान्तरण गरिएकाे हाे । 

बादी बालबालिकालाई खाद्यान्न सामग्री उपलब्ध गराए पछि मेन्स रुम रिलोडेड (एमआरआर)का सक्रिय युवा तथा समाजसेवी अनिल ढकालले अाफ्नाे फेसबुक पेजमा लेखेका छन्, 'MRR भन्ने बडो गजबको फेसबुक ग्रुप छ। देशको गजब माया गर्ने। भाबुक छ, नेपाल देश र नेपाली नागरिकको दुख देख्यो कि मन पोलिहाल्ने।'

ढकालले अगाडि लेखेका छन्, 'हेर्ने कथामा, सुर्खेतको बादी सरोकार मन्चले संचालन गरेको बालगृहको ब्यथा देखाइदियो। संसारका विभिन्न ठाउमा रहेका MRR दाजुभाइको मन पोल्यो। आफ्नो खर्च काटेर सहयोग पठाइदिनु भयो। कतिले पठाउदै हुनुहुन्छ। MRR दाजुभाइले अष्ट्रेलियाबाट पठाएको सहयोग हो यो। सुर्खेतका साथीहरुले सहजीकरण गरिदिनु भयो। बालगृहलाई राम्रो राहत मिल्यो। त्यहाँका भाइबहिनीहरुसंग हामीलाई पनि फोटो खिचाउने मौका मिल्यो।'

साथै उनले लेखेका छन्, 'यो बाल संरक्षण गृह व्यवस्थित गराउन सुर्खेत MRR टिमले प्रतिवद्दता जनाएका छौँ। MRR दाजुभाइहरुलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दछु।'

प्रतिक्रिया

सम्बन्धित खवर

Top