ट्रेण्डिङ

होमपेज / समाज

फरक क्षमता भएकाकी थापालाई जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा घरमै पुगी नागरिकता वितरण

नेपालगाथा २०८० बैशाख २९ गते शुक्रबार १५:१७:०७ मा प्रकाशित

सुर्खेत । जन्मजात फरक क्षमता भएकालाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले घरमै गएर नागरिकता वितरण गरेको छ । शुक्रबार प्रशासनले वीरेन्द्रनगर नगरपालिका–४ यरीचोककी २० वर्षीया रोशनी थापालाई घरमै पुगेर नागरिकता दिइएको हो ।

फरक क्षमता भएकी थापाका अभिभावकले जिल्ला प्रशासन कार्यालयमा नागरिकता पाउँ भनेर निवेदन दिएका थिए । साेही निवेदनको आधारमा घरमै आएर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत सूर्यबहादुर थापाले बताए ।

 ‘हामीले उहाँको सहजताका लागि भएपनि उहाँको घरमै आएर राज्यबाट पाइने नागरिकता सेवा दिएका हौँ,’ नागरिकता वितरणपछि अधिकृत थापाले भने । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top