होमपेज / समाज
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १६३० जनामा गरिएको परीक्षणका क्रममा ३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
जसमा आरटी-पिसिआर विधिबाट ८२० जनामा नमुना परिक्षण गर्दा १० र एन्टीजेन विधिबाट ८१० जनामा नमुना परिक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । सोही अवधिमा ३१ जना सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको भनाइ छ ।
हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमित १२० जना रहेका छन् ।