होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश प्रहरीले पाँच जिल्लाका विभिन्न स्थानहरुमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेकाे छ । गत वैशाख २६ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतका ४, जाजरकोटका २, दैलेखका ८, रुकुम पश्चिमका ५ र मुगुका २ स्थानहरुमा बाल विवाह, ट्राफिक नियम, लागु औषध, घरेलु हिंसा, आत्महत्या, सवारी दुर्घटना सम्बन्धित विषयहरुमा सचेतनामुलक कार्यक्रम गरेको प्रदेश प्रहरी कार्यालयले बताएकाे हो ।
जसमा सुर्खेतकाे गुर्भाकोट नगरपालिका १४ र ३ मा बाल विवाह न्यूनिकरण, भेरीगंगा न. पा. १२ को देउती विद्या मन्दिर बोर्डिङ स्कुलमा बाल विवाह र लागुऔषध दुर्व्यसनी, लेकवेशी न.पा. र सिम्ता गा.पा. मा “यात्रु सुरक्षा अभियान” सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । त्यसैगरी रुकुम पश्चिमको मुसिकोट न.पा. १, ९ र १४ मा महिला हिंसा, साईबर अपराध, ट्राफिक नियम पालन तथा सवारी दुर्घटना न्यूनीकरण साथै जनशिक्षा आधारभुत विद्यालय चौखावाङमा बाल विवाह तथा बाल यौन दुराचार सम्बन्धी सचेतनामुलक कार्यक्रम गरी अन्तरक्रिया तथा छलफल समेत गरेको छ।
.jpg)
त्यस्तै, मुगुको छयाँनाथ रारा न.पा. वडा नं. १४ र खत्याड गा.पा.वडा नं. ८ मा आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना गराईएको छ । दैलेखको भगवतिमाई गा.पा. ११ को श्री ज्वाला मा.वि. तथा नारायण नगरपालिका १० र ११ मा लागु औषध, गुराँस गा. पा. ४ र डुङगेश्वर गा. पा. ५ सवारी दुर्घटना तथा ठांटिकांध गा.पा. १ मा बाल विवाह सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । यता जाजरकोटकाे कुशे गा.पा. ५ स्थित खुर्पामा घरेलु हिंसा र शिबालय गा.पा. ३ मा बहुबिबाह सम्बन्धि विषयहरुमा सचेतना प्रदान गरिएको छ ।
.jpg)
उक्त कार्यक्रममा स्थानियवासी, जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधि, व्यापारी, समाजसेवी, शिक्षक तथा विद्यार्थीहरूको बाक्लाे उपस्थिती रहेको थियो । जसबाट एकैदिनमा करीब १,००० भन्दा बढि मानिसहरूलाई सचेतना गरिएको प्रहरी कार्यालयले बताएकाे छ ।