होमपेज / समाज
दैलेख । पश्चिम दैलेखको आठबिस नगरपालिका–६ अन्तर्गत पर्ने भामे ठुला मेला सामुदायिक वनमा आगो लागेकाे छ ।उक्त बनमा लागेकाे आगाे निभाउन जाँदा १२ जना मजदुरहरू घाइते भएका छन् । १२ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
आठबिस नगरपालिकाका उपप्रमुख कल्पना थापाका अनुसार वन क्षेत्रमै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निर्माण कार्य हुँदै थियो । निर्माण कार्यमा सहभागी मजदुरहरू आगो निभाउन जादा घाइते भएको उनले जानकारी दिइन् । उनका अनुसार घाइतेहरूलाई हेलिकप्टरबाट उद्धारका लागि पहल भइरहेको छ ।