ट्रेण्डिङ

होमपेज / समाज

रगतमा खराब कोलेस्टेरोल घटाउन अपनाउनु पर्ने उपायहरु

नेपालगाथा २०८० बैशाख २५ गते सोमबार १२:२२:४० मा प्रकाशित

रगतमा खराब कोलेस्टेरोल घटाउने तरिकाहरु 

– मासुमा पाइने प्रोटिनको बदला दाल, भटमास, सिमी, मटर आदि खाने।

– रातो मासु नखाने। मासु पकाउँदा छाला र बोसो फाल्ने।

– नियमित व्यायाम गर्ने। शरीरलाई सक्रिय राख्ने।

– सागपात, हरियो तरकारी, फलफूल, गहुँ, खस्रो चामल र दाल बढी खाने।

– शाकाहारी खानामा कोलेस्टेरोलको मात्रा अति कम हुन्छ। त्यसैले अत्याधिक कोलेस्टेरोल र स्याचुरेटेड फ्याट ( गाढा बोसो )  भएका खाद्यपदार्थ मासु, कलेजो, मिर्गौला, अण्डाको भित्री भाग, दूध,घिउ, मख्खन कम उपयोग गर्ने।

– टर्रो स्वाद भएको खाघपदार्थ खाने।

– ओमेगा थ्री फ्याटी एसीडयुक्त खाद्य पदार्थहरु जस्तै माछाको तेल, सिमी, बोडी, भटमास, ओखर, कागती, बदाम आदिबाट तयार पारिएका पदार्थहरु आहारमा प्रयोग गर्ने।

– नियमित स्वास्थ्य जाँच गर्ने। कोलेस्टेरोलको रिपोर्ट चिकित्सकलाई देखाउने र चिकित्सकको सुझाव अनुसार जाने।

प्रतिक्रिया

सम्बन्धित खवर

Top