ट्रेण्डिङ

होमपेज / कला / साहित्य

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

नेपालगाथा २०८२ असार २८ गते शनिबार १३:२८:५७ मा प्रकाशित

काठमाडौं । चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँगीत सार्वजनिक गरेकी छन्। “एकदिन त पछुताउँछ” शीर्षकको यो तीजगीतमा उनले विगतका घाउ, पीडा र आत्मबललाई भावुक अभिव्यक्तिमा प्रस्तुत गरेकी छन्। गीतमा गायिा एलिना चौहानलाई लोकप्रिय गायक खुमन अधिकारीले स्वरमा साथ दिएका छन्। गीतको शब्द गायत्री थापाले लेखेकीहुन् भने लय खुमन अधिकारीकै रहेको छ।

म्युजिक भिडियोमा खुमन अधिकारी, स्मारिका ढकाल, गायत्री थापा र विन थापाले अभिनय गरेका छन्। भिडियोलाई जीवनकुमार ज्ञवालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन्। दुर्गा पौडेलको छायांकन र नविन घर्ति मगरको सम्पादन रहेको भिडियोले गीतको भावनालाई प्रभावशाली ढंगले दर्शाएको छ।


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top