ट्रेण्डिङ

होमपेज / कला / साहित्य

कब्जियत भएकाहरूले के गर्ने ? के नगर्ने ?

नेपालगाथा २०७५ माघ ३ गते बिहीबार १३:३८:५० मा प्रकाशित

काठमाडौं । 'बुलबुल' सिनेमाको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले स्वस्तिमा खड्काको चरित्र मार्फत सिनेमाको कथा भन्ने प्रयास गरेको छ । ट्रेलरमा स्वस्तिमा खड्कासँगै नव अभिनेता मुकुन भुषाल र लक्ष्मी बर्देवाले पनि पर्याप्त स्थान पाएका छन् ।

सिनेमालाई विनोद पौडेलले निर्देशन गरेका हुन्। निर्देशक पौडेलले बजार र आफ्नो रुचि दुवै कुरालाई मिलाएर ट्रेलरमा प्रस्तुत गर्ने जमर्को गरेको बताएका छन् । ट्रेलरमा आफूले चलचित्रको बनौट, कलाकारको अभिनय र कलाको संयोजन प्रस्तुत गर्न खोजेको उनको दाबी छ ।

‘सिनेमामा हामीले मास र आर्ट दुवैलाई समेट्ने प्रयास गरेका छौं । ट्रेलर पनि यही बीचको बिन्दुमा बसेर आएको छ ’ पौडेलले भने, ‘नेपालमा भिज्युवल ल्यांग्वेज परख गर्ने दर्शकको जमात बाक्लो छैन ।

तर, गर्नेलाई पनि ट्रेलरमा केही खुराक दिने प्रयास गरेका छौं । यो चलचित्र जति रमाइलो छ उत्तिकै गम्भीर पनि । ’ सिनेमामा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ ।

सुसन प्रजापतिको छायांकन रहेको सिनेमालाई विनोद पौडेलले लेखेका हुन् । सिनेमालाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । रामराजा दाहाल सिनेमाका कार्यकारी निर्माता हुन् । सिनेमा भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर लाग्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top