ट्रेण्डिङ

होमपेज / अर्थ

बैंकहरूले गरे नयाँ ब्याजदर सार्वजनिक

नेपालगाथा २०८० फाल्गुण ३० गते बुधबार १२:१८:१६ मा प्रकाशित

काठमाडौं । वाणिज्य बैंकहरूले चैत महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ ।

बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज भएपछि आफ्नो स्वच्छ प्रतिस्पर्धात्मक रुपमा तरलता आवश्यकता अनुसार ब्याजदर प्रकाशित गर्न थालेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ ।

हेर्नुहाेस् नयाँ ब्याजदर 

प्रतिक्रिया

सम्बन्धित खवर

Top