होमपेज / अर्थ
काठमाडौं । सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले बढेको छ। छापावाल सुन प्रतिताला १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ कायम भएको छ ।
११ गते शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ रहेको थियो। भने, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको थियो।त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो।