ट्रेण्डिङ

होमपेज / अर्थ

कर्मचारी सञ्चय कोष सुर्खेतको नवनिर्मित भवन उद्घाटन

नेपालगाथा २०८० पौष ५ गते बिहीबार २०:०२:५६ मा प्रकाशित

सुर्खेत । कर्मचारी सञ्चय कोषको सुर्खेत स्थित शाखा कार्यालयको नवनिर्मित भवनको समुद्घाटन सम्पन्न भएको छ । नेपाल सरकारका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका सञ्चालक समिति अध्यक्ष डा. रामप्रसाद घिमिरेले बिहिबार एक समारीहका बीच उक्त भवनको समुद्घाटन गरेका हुन् ।

संघीय व्यवस्थाको मर्म अनुरुप कोषको सेवालाई जनताको नजिक लैजाने उद्देश्यले कर्मचारी सत्र्चय कोषले शाखा कार्यालयहरु विस्तार गरेको हो । शाखा कार्यालयमा मनशा‚ वाचा र कर्मणाबाट कर्मचारीहरुले सेवाप्रवाह कार्य गर्नुपर्छ र त्यसका लागि अवश्यक कार्यवातावरण र उच्च मनोबलका लागि नवनिर्मित भवनहरुको महत्त्व हुने कुरा सो कार्यक्रमका प्रमुख अतिथि डा. रामप्रसाद घिमिरेले उल्लेख गर्नुभयो ।

कोषको सञ्चालन बजेटलाई पुँजीकृत गरी बनाइएका स्थायी सम्पत्तिले कोषको दिगो सुदृढीकरण र सञ्चयकर्ताको धनवृद्धिमा सहयोग पुर्‍याउने विश्वास कोषका सञ्चालक जितेन्द्र धिताल तथा सहप्रशासक जीवन कट्वालले व्यक्त गर्नुभयो ।

कर्मचारी सञ्चय कोषका सम्पत्ति व्यवस्थापन विभागका विभागीय प्रमुख शान्ता गौतमले सत्र्चालन/सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव तथा कोषका सञ्चालक जनकराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top