होमपेज / अर्थ
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई सयले बढेको छ । आज छापावाल सुन तोलाको १ लाख १८ हजार रूपैयाँ छ भने तेजाबी सुन तोलाको १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको १ लाख १७ हजार ८०० रूपैयाँ र तेजाबी सुन तोलाको १ लाख १७ हजार २५० रूपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने तोलामा पाँच रूपैयाँले घटेको छ । चाँदी तोलाको १ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।