ट्रेण्डिङ

होमपेज / अर्थ

सूर्यज्योति लाइफ इन्स्योरेन्सले पायो अवार्ड

नेपालगाथा २०८० मंसिर ८ गते शुक्रबार २१:०१:०५ मा प्रकाशित

काठमाडौं । इन्डियन चेम्बर अफ कमर्सले भारतको मुम्बईमा आयोजना गरको ‘चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड, २०२३’ मा सूर्यज्योति लाइफ इन्स्योरेन्सले चारवटा विधामा अवार्ड पाएको छ । सूर्यज्योतिले 'बेस्ट वुमन इन लिडरसिप', 'बेस्ट स्ट्राटेजी फर इन्स्योरेन्स स्प्रेडिङ', 'बेस्ट इनोभेसन एन्ड डाइभर्सिफिकेसन' र 'बेस्ट लाइफ इन्स्योरेन्स'मा अवार्ड पाएको हो ।

कार्यक्रममा भारत, नेपाल, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाइल्यान्डसहित अन्य देशहरूका इन्स्योरेन्स कम्पनीहरूबाट उच्च पदाधिकारीहरूको उपस्थिति थियो ।

विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पी डब्लु सी, इन्डियन इन्सिटिच्युट अफ इन्स्योरेन्स, अन्तर्राष्ट्रिय बिमा विज्ञहरूलगायत थुप्रै प्रतिष्ठित संस्थाहरूबाट स्वतन्त्ररूपमा मूल्यांकन गरी विभिन्न वित्तीय सूचाङ्कहरूमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा चारवटै बिधाको अवार्ड सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले ग्रहण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top