ट्रेण्डिङ

होमपेज / अर्थ

सुन तोलामा ५०० रुपैयाँ घट्यो

नेपालगाथा २०८० कार्तिक १३ गते सोमबार ११:१५:०१ मा प्रकाशित

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भएको हो । यस दिन छापावाल सुन तोलाको एक लाख १६ हजाार ५०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । आइतबार तेजाबी सुन तोलाको एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा करोबार भइरहेको छ । आइतबार चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा करोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top