ट्रेण्डिङ

होमपेज / अर्थ

घट्यो पेट्रोलियम पदार्थको मूल्य

आज राती १२ बजेदेखि लागू हुने

नेपालगाथा २०८० असार ३१ गते आइतबार १९:३२:३४ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँ कायम गरेकाे छ । त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी ग्याँसमा १० रुपैयाँ घटेको छ । डिजलकाे नयाँ मूल्य क १४३.५०, ख १४५ र ग १४६ रूपैयाँ पुगेकाे छ ।

अब एलपीजीकाे नयाँ मूल्य १७९० रूपैयाँ कायम भएकाे छ । भारतीय सिमा बजारको तुलनामा नेपाली बजारमा पेट्रोलको मूल्य १३.२७ रुपैयाँ र डिजेलमा ९.९४ रुपैयाँ सस्तो हुन्छ । हवाई इन्धनमा २३.८१ रुपैयाँ र एलपीजीमा १३६.६० रुपैयाँ सस्तो हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top